एकैदिन सुन तोलामा १३ हजार ४०० रुपैयाँले ओरालो

श्याम खतिवडा

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ १९ गते सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार सुनको मूल्य तीन लाख रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागको प्रभावले मूल्य घटेको व्यवसायीहरूको भनाइ छ। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य पाँच हजार ५०० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया