दिपक मनाङे पदमुक्त भएसँगै, मनाङ–२ उपनिर्वाचनको तयारीमा

nepaltext.com

निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ (प्रदेशसभा–२) का लागि उपनिर्वाचनको मिति तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको हो।

यो क्षेत्र गण्डकी प्रदेशसभाका सदस्य राजिव गुरुङ (दीपक मनाङे) को पद रिक्त भएपछि खाली भएको हो। गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई पदमुक्त गर्ने आदेश दिएको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितका न्यायाधीशहरुको इजलासले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै गुरुङलाई अयोग्य ठहर गरेको थियो। सर्वोच्चले उनी विवरण झुक्याएर सांसद बनेको ठहर गर्दै आगामी निर्वाचनमा उम्मेदवार बन्न पनि अयोग्य हुने निर्णय गरेको थियो।

प्रतिक्रिया