सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

nepaltext.com

रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर रूपमा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्। महेशको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भइरहेको छ। दिपेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार बिहान पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुगा तर्फ आउँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनापछि बस चालक फरार रहेको बताइएको छ।

प्रतिक्रिया