पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुवा भोजप्रसादको निधन

nepaltext.com

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८ बजेर १५ मिनेटमा निधन भएको हो। भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो।

भट्टराईको सचिवालयका अनुसार भोजप्रसादको आज बिहान निधन भएको हो भने उनको अन्त्येष्टि आजै बिहान ११ बजे पशुपति आर्यघाटमा गरिएको छ ।

प्रतिक्रिया