हुलास र अशोक स्टीलले सुरु गरे डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्ने प्रक्रिया

nepaltext.com

काठमाडौं । बाराको सिमरास्थित हुलास स्टील इण्डष्ट्रिजले नेपाल विद्युत प्राधिकरणलाई लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको रकम तिर्न सुरु गरेको छ।

प्राधिकरणका अनुसार उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोगबापतको १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई किस्ताबन्दीमा तिर्ने सम्झौता गरेको हो। उद्योगले मासिक ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा रकम बुझाउने स्वीकृति पाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हुलास स्टीलले शुक्रबार पहिलो किस्ता बुझाएको छ।

यसैगरी, सिमराकै अर्को उद्योग अशोक स्टीलले पनि बक्यौता तिर्ने प्रक्रिया सुरु गरेको छ। १७ करोड ५८ लाख रुपैयाँ बाँकी रहेको अशोक स्टीलले २८ किस्तामा बुझाउने सहमति गरेको र पहिलो किस्ता स्वरूप ६३ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया