राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यसहित उनले राष्ट्रपतिको विज्ञ सल्लाहकार पद छाडेका हुन् । सेतोपाटीसँग कुराकानी गर्दै थापाले आफूले केही दिनअघि नै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरिसकेको र त्यसलाई स्वीकृति समेत प्राप्त भइसकेको जानकारी दिए । ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हो, स्वीकृत पनि भइसकेको अवस्था छ,’ थापाले भने, ‘पार्टीको महाधिवेशन आउँदैछ, त्यसैले पार्टीमै क्रियाशील रहने निर्णयमा पुगेँ।’ राष्ट्रपति पौडेलले २०७९ चैत १६ गते थापालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । नियुक्ति हुँदाका बखत थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।
३१ मङ्सिर २०८२, मङ्गलबार १२:१६ मा प्रकाशित