काठमाडौँ । आज साताको दोस्रो दिन नेपाली शेयर बजार बढेर बन्द भएको छ। नेप्से परिसूचक आज ९.७८ अंकले बढेर २,५५० विन्दुमा पुगेको छ। आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ।
दिनभरिमा ३३५ कम्पनीका ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको शेयरमा भएको छ, जसको कुल कारोबार १८ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, एनआरएनको १६ करोड ५९ लाख र शिवम् सिमेन्टको १६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी लाभ बन्दीपुर केबलकारका लगानीकर्ताले पाए, जसले १० प्रतिशतसम्मको कमाइ गरेका छन्। सागर डिष्टिलरी, बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतसम्मको लाभ पाएका छन्।
त्यसैगरी, सबैभन्दा बढी घाटा भुगोल इनर्जीका लगानीकर्ताले बेहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतसम्मको मूल्य घट्नाले गुमाएका हुन्।