काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले एक हजारभन्दा बढी सवारी साधन उपलब्ध गराउने भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भारतले चुनाव सञ्चालन सहज बनाउन साना–ठूला गरी चार पाङ्ग्रे एक हजारभन्दा बढी वाहन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
उनले नेपालस्थित भारतीय दूतावासले आयोगलाई दिएको सूचनालाई उद्धृत गर्दै भने, “सवारी साधनहरू आयोगले सिधै लिने होइन, अर्थ मन्त्रालयमार्फत सहयोग आउने हो।” आगामी निर्वाचनका गतिविधिलाई व्यवस्थित र सहज बनाउन भारतको यो सहयोग उपयोगी हुने आयोगको तयारीसँगै भण्डारीले बताए।
२४ मङ्सिर २०८२, मङ्गलबार ०४:४७ मा प्रकाशित