प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

nepaltext

जाजरकोट । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा छेडागाड नगरपालिका–१२ निवासी ३० वर्षीय धर्मराज चनारा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार, चनाराले प्रहरीमा जागिर लगाइदिने भन्दै एक व्यक्तिबाट पटक–पटक गरी ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ । पीडित सविता पुनले दिएको जाहेरीका आधारमा जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले असार २ गते छेडागाड नगरपालिका–१२ बाट चनारालाई पक्राउ गरेको हो। उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया