साउनमा जीवन बीमा कम्पनीको १९ अर्बभन्दा बढीको व्यापार, नेपाल लाइफ अग्रपंक्तिमा

nepaltext.com

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १४ वटा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको साउनको तुलनामा ६.०२% वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ।

नेपाल लाइफले सबैभन्दा धेरै, ६ अर्ब १९ करोड रुपैयाँ आर्जन गर्दै ८.४४% व्यापार बढाएको छ। दोस्रोमा नेसनल लाइफ (२.४१ अर्ब) र तेस्रोमा एलआईसी नेपाल (२.०३ अर्ब) रहेका छन्।

सबैभन्दा तीव्र व्यापार वृद्धिदर आइएमई लाइफले देखाएको छ — २३.५३% को वृद्धिसहित ६७ करोड रुपैयाँ आर्जन गर्दै।

कुल ११ कम्पनीको व्यापार बढेको छ भने ३ वटा कम्पनीको घटेको छ। सबैभन्दा धेरै गिरावट सन नेपाल लाइफको (↓१८.६१%) देखिएको छ।

प्रतिक्रिया