तीन लघु जीवन बीमा कम्पनीको प्रगति : खुद बीमाशुल्क ५७५ प्रतिशतले बढ्यो

nepaltext.com

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा तीन लघु जीवन बीमा कम्पनीहरुले उल्लेखनीय प्रगति गरेका छन्। प्रकाशित वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यस अवधिमा उनीहरूको कुल खुद बीमाशुल्क संकलन ५७५ प्रतिशतले वृद्धि भएको छ।

उक्त अवधिमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी तीन कम्पनीले संयुक्त रूपमा १ अर्ब १ करोड ३ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा उनीहरूले जम्मा १४ करोड ९७ लाख ४८ हजार रुपैयाँ संकलन गरेका थिए।

गार्डियन माइक्रो लाइफ

यस वर्ष सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ। कम्पनीले चौथो त्रैमासमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ६९ लाख संकलन गरेको कम्पनीले यसपटक ९८० प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

क्रेष्ट माइक्रो लाइफ

क्रेष्ट माइक्रो लाइफले यस समीक्षा अवधिमा ३३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४२ लाख संकलन गरेको थियो। यसपालि कम्पनीको बीमाशुल्क संकलन ३०२ प्रतिशतले बढेको छ।

लिबर्टी माइक्रो लाइफ

लिबर्टी माइक्रो लाइफले चौथो त्रैमाससम्म २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २ करोड ८४ लाख संकलन गरेको कम्पनीको बीमाशुल्क संकलन ८५३ प्रतिशतले वृद्धि भएको हो।

प्रतिक्रिया