कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक

nepaltext

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।

बैठकका एजेन्डाबारे समितिले औपचारिक रूपमा केही खुलाएको छैन । तर, १५औँ महाधिवेशनअन्तर्गतका तल्लो तहका अधिवेशनको पूर्वनिर्धारित कार्यतालिका हेरफेरबारे बैठकमा छलफल हुने सम्भावना रहेको छ ।

केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ २४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसपछि भदौ २७ गते गाउँ–नगरपालिका, भदौ ३१ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय तथा असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तय गरिएको थियो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया