विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

nepaltext

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो ।

विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।


725663461_2044681232908249_2717946972362721431_n-1782198578.jpg
728950692_4653384061613005_436769466466499189_n-1782198583.jpg

प्रतिक्रिया