राष्ट्रिय सभामा कांग्रेस–एमालेको तीन सीट प्रस्ताव नेकपाद्वारा अस्वीकार

nepaltext.com

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस र एमालेसँगको तालमेलप्रति कडा अडान लिएको छ । कांग्रेस र एमालेले नेकपालाई तीन सीट दिएर समेट्ने प्रस्ताव गरे पनि नेकपाले आफ्नो मतभारअनुसार कम्तीमा चार सीट पाउनुपर्ने दाबी गरेको छ । नेकपा नेता राजेन्द्र पाण्डेले मतभारअनुसार चार सीट भन्दा कम स्वीकार्य नहुने स्पष्ट गर्दै तीन सीटको प्रस्ताव अस्वीकार गरिएको जानकारी दिएका छन् । कांग्रेस र एमालेबीच तालमेल हुँदा जनस्तरमा जाने सन्देश पनि सकारात्मक नदेखिएको भन्दै नेकपाभित्र एक्लै निर्वाचनमा जानुपर्ने दबाब बढ्दो छ । यही सन्दर्भमा नेकपाका नेता प्रकाश ज्वालाले मतभारअनुसारको सीट नपाए कांग्रेस र एमालेसँग लतारिएर जानु नहुने विषयमा मंगलबारको परामर्श बैठकमा समझदारी बनेको बताएका छन् । यससँगै राष्ट्रिय सभा निर्वाचनमा नेकपाले आवश्यक परे आफ्नै उम्मेदवार खडा गरेर एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने संकेत दिएको छ ।

प्रतिक्रिया