अवैध लागू औषध २३ जना पक्राउ

nepaltext

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित २३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनी रूपको साथबाट लागू औषध खैरो हेरोइन र गाँजा तथा चिकित्सक सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ ।

प्रतिक्रिया