काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।
उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।
३० जेठ २०८३, शनिवार १०:४६ मा प्रकाशित