उज्वलबाबु शर्मा /नेपाल टेक्स्ट
४ कात्तिक , काठ्माण्डौ,,,
हेम सरिता पाठक फाउन्डेसनद्धारा जेन्जी युवाहरुलाई लक्षित गर्दै अब जाग्नुपर्छ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मंगलबार डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजित एक कार्यक्रममा ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक गरिएको हो । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् । उक्त गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गरेका थिए ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्यबारे प्रस्ट पारेका थिए । फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सहजीकरण गरेको सो कार्यक्रममा पूर्व प्रदेश मन्त्री दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, चलचित्रकर्मी संजय खतिवडा लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने र आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट दिन नहुनेमा जोड दिएकी थिइन ।
कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण के। सी, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा.डा.गोविन्दमान सिंह कार्की, राप्रपाका नेता सोभित उप्रेती , अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू, पत्रकार, साहित्यकार र अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भिडियोका लागि यहाँ क्लिक गर्नसक्नुहुनेछ ।
🎵 Anti-Corruption Song | Ab Jagnu Parchha || अब जाग्नु पर्छ — Hem Sarita Pathak Foundation