कांग्रेस महामन्त्री गगन थापा रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारका लागि सिफारिस

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस रोल्पाले थापासहित पाँच जनाको नाम केन्द्रमा पठाएको हो। कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यका अनुसार प्रत्यक्षतर्फका उम्मेदवार सूचिमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली पनि परेका छन्।

जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उमेदवारका नामहरू सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया