एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

nepaltext.com

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

बझाङकी रश्मिला धामीले महरमाथि गालीबेइज्जती र चरित्रहत्या सम्बन्धी मुद्दा दर्ता गरेपछि अदालतको आदेशमा पक्राउ पुर्जी जारी गरिएको अदालत स्रोतले जानकारी दिएको हो।

यसअघि धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया