बाजुरा । हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा बजार नजिकको भलिया बगरमा दुर्घटनामा परेको छ। दुर्घटना बिहीबार दिउँसो करिब १२:११ बजे भएको बताइएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दीपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ।
बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेका छन्। बसमा जम्मा २३ जना यात्रु सवार रहेको जानकारी दिइएको छ। दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
३० असोज २०८२, बिहिबार ०३:१६ मा प्रकाशित