एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, तोलाको कति पुग्यो ?

nepaltext

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया