काठमाडौं । रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गाडी रेसुंगा नगरपालिका-४ स्थित अर्खलेमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले दुर्घटना भएको तर अन्य विवरण आइनसकेको जानकारी दिए ।
उनले दुर्घटनास्थलमा प्रहरी पुगिसकेको पनि बताए ।
२२ जेठ २०८३, शुक्रबार ०६:४३ मा प्रकाशित