धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र एमालेबाट उम्मेदवार लीला भण्डारीले आफ्नो मनोनयन दर्ता गराएका छन्। दुईदलीय गठबन्धनअनुसार दुबै उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर आधिकारिक रूपमा मनोनयन प्रक्रिया पूरा गरेका हुन्। खातीको प्रस्तावकमा पदमबहादुर शाही रहेका छन् भने एमालेकी भण्डारीको प्रस्तावकमा प्रदेश सांसद धर्मराज पाठक र समर्थकमा सन्तोष शर्मा थापा रहेका छन्। यसअघि नेकपाबाट महिलातर्फ रोजी बस्नेत र अन्यतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गरिसकेका थिए।
२३ पुस २०८२, बुधबार ०३:२४ मा प्रकाशित