सुनको मूल्यमा एकैदिन ४ हजार ३ सयको वृद्धि

nepaltext.com

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो।

महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३ सय ३८ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया