प्रधानमन्त्री कार्की जनकपुरमा, जानकी मन्दिरमा दर्शन

nepaltext

जनकपुरधाम — सुशीला कार्की शुक्रबार जनकपुरधामस्थित राम जानकी मन्दिरमा पुगेर पूजाअर्चना गरेकी छन्।

प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम भ्रमणमा आएकी कार्कीले प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै धार्मिक अनुष्ठानमा सहभागी भएकी हुन्।

मन्दिर दर्शनपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले आफ्नो यो यात्रा नितान्त तिर्थाटनका लागि भएको स्पष्ट पारिन्।

प्रतिक्रिया