सुन महँगिँदा चाँदीमा सामान्य गिरावट, कतिमा हुदैँछ त कारोबार?

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन (हिजो) सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनको १० ग्रामको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघले आजका लागि प्रति १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ निर्धारण गरेको छ, जुन हिजो २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई मुख्य आधार मानेर दैनिक रूपमा नेपालमा सुन र चाँदीको दरभाउ तय गर्दै आएको छ।

प्रतिक्रिया