सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवालको थुनछेक अनुसन्धान अवधि थप

nepaltext

काठमाडौँ - सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ।

विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ पटक तथा सुलभ अग्रवालको हकमा नवौँ पटक अनुसन्धानका लागि थुनामा राख्ने अवधि थप गर्ने आदेश भएको हो।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र सदस्य न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान कार्यलाई निरन्तरता दिन म्याद थपको अनुमति दिएको अदालतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले दुवै प्रतिवादीलाई सम्बन्धित निकायको अनुरोधमा अदालतले थप समय उपलब्ध गराएको हो। अनुसन्धानको प्रगतिअनुसार आगामी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया