युवा संघ दमक अध्यक्ष खतिवडाले एमाले छाडे, बालेन शाहलाई समर्थन

nepaltext.com

दमक । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले संगठन र पार्टी दुवै छाड्दै राजनीतिक रूपमा नयाँ बाटो रोजेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस सार्वजनिक गर्दै उनले आज मिति २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु ।’ खतिवडाले अब आफू स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णयमा पुगेको समेत उल्लेख गरेका छन् । झापा–५ बाट नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार बनेको अवस्थामा एमाले निकट युवा संघका एक स्थानीय अध्यक्षले पद र संगठन छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्नुले स्थानीय राजनीतिक माहोल तातिएको छ ।

प्रतिक्रिया