स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

nepaltext
 

महोत्तरी - जलेश्वर नगरपालिका-३ मालिवारा बजारबाट स्रोत नखुलेको १ लाख १७ हजार ६ सय ५० नेपाली रुपैयाँ र १ लाख ११ हजार ३ सय ५० भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सोही नगरपालिका-६ बासोपट्टी बस्ने ५५ वर्षीय अरुण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया