सम्पत्ति शुद्धीकरण निवारणमा हिमालयन लाइफको अभिमुखिकरण कार्यक्रम सम्पन्न

nepaltext.com

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार राजधानीको हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा नियमन र सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने, सम्पत्ति शुद्धीकरण निवारण विभागका शाखा प्रमुख तथा उपनिर्देशक पदम सोडारीलगायतले जीवन बीमा कम्पनीहरूले निर्वाह गर्नुपर्ने विभिन्न दायित्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा निर्देशक लामिछानेले हालै नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका, २०८२ को बारेमा प्रष्ट पार्दै बीमा कम्पनीहरूले सो निर्देशिकालाई कडाइका साथ पालना गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यस क्षेत्रमा गरेका प्रयासहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न सुझाव दिए ।

सो अवसरमा कम्पनीका सञ्चालक समिति अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणमा प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाएको र प्राधिकरणका नीति–नियमलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, सञ्चालक समिति सदस्य प्रमिला के.सी. र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले समेत कम्पनी यस विषयमा गम्भीर रहेको धारणा राखे ।

कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, शेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया