सुनसरीमा ४ सय ३० किलो गाँजासहित मोटरसाइकल बरामद

nepaltext

काठमाडौँ । जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट ४ सय ३० किलो लागुऔषध गाँजा सहित एक मोटरसाइकल बरामद भएको छ ।

प्रहरी टोलीले को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा प्लास्टिकका बोरामा राखिएको ४३० किलो गाँजा बरामद गरेको हो ।

प्रहरी टोली पुगेको थाहा पाएपछि संलग्न व्यक्ति फरार भएका थिए ।

बरामद गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको छ भने फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया