सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्दै ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले आजका लागि सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम रहेको थियो। महासंघका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ६७ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया