सुनको मूल्यमा गिरावट: आज कतिमा हुँदैछ कारोबार ?

nepaltext

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया