नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तरराष्ट्रिय सम्बन्धमा गम्भीर बन्नु पर्छ : आजपा
nepaltext
७ चैत २०८२, शनिवार
काठमाडौँ । आम जनता पार्टीले नयाँ सरकारलाई राष्ट्रिय सुरक्षा तथा अन्तरराष्ट्रिय सम्बन्धजस्ता संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गरेको छ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज बसेको केन्द्रीय कमिटी बैठकले यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो।
पार्टीका सचिवालय सदस्य सुभाष साहका अनुसार बैठकले जनताको अपेक्षाअनुसार देशमा शान्ति, विकास र अमनचैन कायम गर्न नयाँ सरकार स्पष्ट र प्रभावकारी कार्ययोजनासहित अघि बढ्नुपर्ने सुझाव दिएको छ।