सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

nepaltext
 

काठमाडौँ ।  सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो ।

यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ । सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार भने ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया