रास्वपा सहमहामन्त्री विपिन आचार्य समानुपातिक सूचीबाट बाहिरिए, प्रत्यक्षमा लड्ने घोषणा

श्याम खतिवडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्य समानुपातिकतर्फको बन्दसूचीबाट बाहिरिएका छन् । खस आर्य कोटाबाट पार्टीको बन्दसूचीमा पहिलो नम्बरमा रहेका आचार्यले अब समानुपातिक प्रणाली छोडेर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनाव लड्ने घोषणा गरेका छन् । उनको यो निर्णयलाई पार्टीभित्रको आत्मविश्वास, जनतासामु प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने राजनीतिक साहस र आगामी निर्वाचनमा आफ्नो संगठनात्मक पकड देखाउने प्रयासका रूपमा हेरिएको छ । समानुपातिक सूचीमा सुरक्षित स्थान हुँदाहुँदै पनि प्रत्यक्ष निर्वाचनमा जाने उनको निर्णयले रास्वपाभित्र नयाँ सन्देश दिएको छ, जसले पार्टी नेतृत्व र कार्यकर्तामाझ ‘जनमतबाटै परीक्षा दिने’ राजनीतिक संस्कारलाई थप बलियो बनाउने संकेत गरेको छ ।

प्रतिक्रिया