आजदेखि चैते दसैं, घटस्थापनाको उत्तम समय ७:५१ बजे

nepaltext

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाको शुभ अवसरसँगै आजदेखि चैत्र दसैँअन्तर्गतको नवरात्र सुरु भएको छ। यस अवसरमा हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजा–आराधना प्रारम्भ गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार आज बिहान ७ः५१ बजेको समय घटस्थापनाका लागि उत्तम मानिएको छ। साथै, आज उत्तरतर्फ फर्केर घटस्थापना गर्नुपर्ने साइत पनि निर्धारण गरिएको उनले जानकारी दिए।

चैत्र नवरात्रको अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने परम्परा रहँदै आएको छ, जहाँ विशेष पूजा–उपासना गरिन्छ।

शास्त्रीय मान्यताअनुसार वर्षभरि चारपटक नवरात्र मनाइन्छ—आसार, असोज, पुस र माघ शुक्ल पक्षमा। यीमध्ये आसार र पुस महिनाको नवरात्रलाई नेपाली परम्परामा ‘लुप्त नवरात्र’ भनेर पनि चिनिन्छ।

प्रतिक्रिया