केन्द्रीय समिति एजेण्डा तय गर्न रास्वपाको सचिवालय बैठक सुरु

nepaltext.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेण्डाहरू टुंग्याउने उद्देश्यले सचिवालय बैठक बसिरहेको हो। पार्टी स्रोतका अनुसार केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी महत्वपूर्ण एजेण्डाहरू तय गरिएका छन् भने समानुपातिकतर्फको बन्दसूचीमा समेटिएका नामबारे पनि बैठकमा छलफल हुने जनाइएको छ। यद्यपि, दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक आह्वान गरिए पनि अहिलेसम्म उक्त बैठक सुरु हुन सकेको छैन। केन्द्रीय समिति बैठक अघि आवश्यक तयारी र एजेण्डा अन्तिम रूप दिन सचिवालय बैठक बोलाइएको र त्यसैका आधारमा केन्द्रीय समितिमा निर्णयका प्रस्ताव लगिने तयारी गरिएको छ।

प्रतिक्रिया