नुवाकोट । रसुवा–भोटेकोशी बाढीले सडक संरचनामा क्षति पुर्याएपछि सडक सञ्जालबाट विच्छेद भएको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम थालेको छ।
बाढी प्रभावित क्षेत्रमा सडक सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले तादी खोलामा अस्थायी प्रकृतिको एक्रो ब्रिज जडान गर्न लागिएको हो। पुल निर्माण सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध सडक सम्पर्क पुनः सञ्चालनमा ल्याउन सहज हुने अपेक्षा गरिएको छ।


२० भदौ २०८३, शनिवार ०१:३९ मा प्रकाशित