बालेनसँगै गएका पत्रकार सिटौला अचानक बेहोश भएपछि सेनाको जहाजबाट पठाइयो काठमाडौं

nepaltext.com

अछाम । सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि उपचारका लागि काठमाडौं पठाइएको छ। उनलाई लिएर नेपाली सेनाको जहाज केहीबेरअघि काठमाडौं उडेको हो। बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा आज बिहान करिब ९:३० बजे बाटोमा चिया खान गाडी रोकेको थियो। उक्त स्थान अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै पर्छ। गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि उनलाई अछामबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइयो। त्यसपछि सुर्खेतबाट सेनाको जहाजमार्फत काठमाडौं ल्याइएको हो। सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया