TSH National Dance Competition तथा सम्मान कार्यक्रम सम्पन्न

nepaltext

TSH Music & Entertainment द्वारा आयोजित राष्टब्यापी एकल नृत्य प्रतियोगिता " TSH National Dance Competition" तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा न. ०८ स्थित त्रीबेणी ब्याङ्क्वेटको हलमा आयोजित कार्यक्रमको सभापतित्व टि.एस.एच. म्युजिक एण्ड इन्टरटेनमेन्टकि सस्थापक याङजी लामा रहनुभएको थियो। विश्व शान्ती संंगठनकी राजदुत एवम एएमएस ग्लोबल हिमालय फाउण्डेसनकि अध्यक्ष डा. सत्यकला तामाङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव ४ दर्जन भन्दा धेरै प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो।

बिध्यालय स्तरिय र खुल्ला तहमा आयोजित प्रतियोगिताको जुनियर तर्फ प्रथम स्थान जुगल नवगुरुकुलकी सोफिया गजुरेल, दोश्रो स्थान सम्यक पहाडी, तेश्रो स्थान किनजाङ्ग्मु तामाङ, चौथो एरिका राई, पाचौ शशी लामा र सान्तवना स्थान सुजता थापा र एली तामाङ बिजेता भएको थियो। त्यसै गरि सिनियर तहमा प्रथम स्थान रोश्नी बिक, दोश्रो आकृती श्रेष्ठ, तेश्रो श्रद्धा खड्का, चौथो कृष्टी गौतम र पाचौ साइजन श्रेष्ठ र सान्तवना स्थान नम्रता श्रेष्ठले हात पारिन। खुल्ला तर्फ प्रथम स्थान श्रेयना घिसिङ, दोश्रो रिधिमा लामा, तेश्रो खुसी राइ, चौथो आलप सोडारी, पाचौ रोमन घतानी र सान्तवना स्थान साम्युल रुम्बाले जित्न सफल भयो।

नृत्य क्षेत्रको श्रीबृद्दीमा टेवा पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बिगत ३ दशक भन्दा लामो समयदेखी नृत्य कला क्षेत्रमा अतुलनिय योगदान गर्नुभएको वरिष्ठ नृत्य निर्देशक, नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष एवम विश्व नेवा संगठन नेपाल शाखाको सास्कृतिक बिभाग सहसम्योजक प्रदिप रमण सिं डंगाेल र समाजसेवा एवम युवा राजनिज्ञ निमा लामा ह्योल्मोलाइ विशेष सम्मान गरिएको थियो।

बिजेताहरुलाइ कार्यक्रमका विशेष अतिथी तथा अतिथीहरु वरिष्ठ नृत्य निर्देशकहरु प्रेमलाल श्रेष्ठ, अरुण घिमिरे, केशव कोइराला, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला उपाध्यक्ष प्रकाश शर्मा, सचिव लक्ष्मी पुरी, गोकर्णेश्वर नगर अध्यक्ष अभी वाग्ले, सचिव सरोज श्रेष्ठ, सहकोषाध्यक्ष सन्देश तामाङ, चर्चित मोडल तथा कोरियोग्राफर अभि लामा, अनिता गोले, कलाकार तथा सफल ब्यवसायी पासाङ डोमा पाख्रीन, नृत्य निर्देशक सुनिल खड्गी, दक्षिणा लामा, मनिसा मगर, वरिष्ठ नृत्य निर्देशल एवम चौरीदेउराली गापा-०१ को नवनिर्वाचित जनप्रतिनिधी बुद्ध लामा, बिकास भारती, नागार्जुन नगर कमिटी उपाध्यक्ष सरोज श्रेष्ठले, भिएस स्कुलकी प्रीन्सिपल अन्जना अधिकारी, सस्थापक मधुसुदन ढुङ्गेल, महान सिद्दार्थ स्कुलको रमेश कार्कीद्वारा मेडल ट्रफी र प्रमाण पत्र बितरण गरिएको थियो।

देवराज गुरुङले सञ्चालन गरिएको कार्यक्रममा आयोजक कमिटीमा रहेको हिरा लामा, अनिल तामाङ, सिएम इन्टरटेनमेन्टको अध्यक्ष चुडामणी फुयाल, पेमा ल्हमु शेर्पा, बिपिन तामाङ, प्रज्वल ढकाल, अबिशेल बिक, सकुन सुब्बाले सामुहिक रुपमा उपस्थित सवै अतिथीहरुलाइ स्वागत गरिएको थियो।

प्रतियोगिताको निर्णायकको रुपमा नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यसमिती सदस्य एवम फ्रेण्डसिप डान्स सेन्टरको अध्यक्ष बाबू सेन्चुरी र लेट्स डान्स नाम रियालिटी सोको निर्देशक एवम नृत्य निर्देशक संघ नेपाल नागार्जुन नगर कमिटी अध्यक्ष राज श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा विशेष सहयोग गर्नुहुने ब्यक्तीत्वहरु हिमालय किचनको सुर्य लामा, समाजसेवी सुजन भन्डारी, टिम कृष डान्स ग्रुप गोवाको प्रमुख एवम कोरियोग्राफर कृष लिम्बू र भेन्यु पार्टनर त्रीबेणी ब्याङ्क्वेटलाइ कदर पत्र प्रदान गरिएको थियो।

कार्तक्रमको सभा बिसर्जन गर्दै टिएसएच म्युजिक एण्ड इन्टरटेनमेन्टको अध्यक्ष छिरिङ लामाले उपस्थित सवैमा धन्यबाद दिनुभयो। २०८२ साल भदौमा थाइल्याण्डको पतायाबाट टिएसएच अन्तरास्ट्रिय नृत्य आइडलबाट सुरु भएको यात्रा नेपालमा भने पहिलो सस्करणको रुपमा सम्पन्न भएको जानकारी दिनुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने ब्यक्तीत्वहरु, सस्थाहरु, प्रतिस्पर्धी सहभागी गराउने बिध्यालय, नृत्य प्रशिक्षण केन्द्र तथा नृत्य निर्देशक, प्रमुख अतिथी एवम विशेष अतिथीहरु सवैमा धन्यबाद प्रकट गर्दै पुन अर्को सस्करण समेत आयोजना हुने घोषणा समेत गर्नुभयो।

प्रतिक्रिया