राजनाथ पाण्डे गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता

श्याम खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ–३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पाण्डे पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ–३ का सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् । पाण्डे अघि नै उक्त क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य तीन स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका थिए । यससँगै काठमाडौँ–३ को चुनावी प्रतिस्पर्धा थप तातो बनेको छ ।

प्रतिक्रिया