काठमाण्डौँ । काठमाडौंको जडिबुटीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपाल रहेका छन्। उनीहरूले चढेको लु ४३ प ४९३८ नम्बरको स्कुटर आकासे पुल नजिकै रोकी राखिएको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो।
गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
१३ भदौ २०८२, शुक्रबार ११:५२ मा प्रकाशित