सुनको मूल्य एकैदिन २० हजार ५०० ले घट्यो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य तोलामा सात हजार ५ सय ५ रुपैयाँ थियो।

प्रतिक्रिया