सुनको मूल्यमा फेरि उकालो, कतिमा छ त आजको बजारभाऊ?

श्याम खतिवडा

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढी हो। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य प्रतिदस ग्राम २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ, जबकि शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य आज ४ हजार २ सय ७४ रुपैयाँ निर्धारण गरिएको महासंघले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया