रास्वपा सांसद अभिमुखीकरणमा सहभागी भए रवि लामिछाने

nepaltext

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोमा आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्।

उनी आज केहीबेरअघि अभिमुखीकरण स्थलमा पुगेका हुन्। रास्वपाले हिजोदेखि आफ्ना नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमको समापन मन्तव्य सभापति लामिछानेले दिने कार्यतालिका रहेको थियो। सोही अनुसार उनी कार्यक्रममा सहभागी हुन पुगेका हुन्।

प्रतिक्रिया