काठमाडौं । कुमारी बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता शेयर बिक्रीमा राखिएको छ । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । शेयर खरिदका लागि इच्छुक संस्थापकहरूले काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय तथा टंगालस्थित बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन् । तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा भने उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि पनि खुला गरिने बैंकले जानकारी दिएको छ । संस्थापक समूहको ठूलो परिमाणको शेयर बिक्रीमा आउनुले बैंकको स्वामित्व संरचना र आगामी रणनीतिमा समेत चासो बढाएको छ।
६ माघ २०८२, सोमबार ०१:२१ मा प्रकाशित