काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य इतिहासमै पहिलो पटक २ लाख रुपैयाँ नाघेको छ।
चार सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।
१३ भदौ २०८२, शुक्रबार १२:३४ मा प्रकाशित