सुनको मूल्य ५ हजार ६ सयले वृद्धि, यस्तो छ आजको बजार भाउ

श्याम खतिवडा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। साताको पहिलो दिन आइतबार नै सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ। यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ। चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया