कांग्रेसले महाधिवेशनका लागि अजोज १५ देखि २० गतेसम्म बुकिङ गर्यो राष्ट्रियसभा गृहको हल र पार्किङ

nepaltext

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन आयोजना गर्न राष्ट्रियसभा गृह बुकिङ गरेको छ। कांग्रेसले आगामी असोज १५ देखि २० गतेसम्म महाधिवेशन गर्ने तयारीस्वरूप राष्ट्रियसभा गृह बुक गरेको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रियसभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त अवधिका लागि हल उपलब्ध गराउन अनुरोध गरेका छन्।

पत्रमार्फत कांग्रेस केन्द्रीय कार्यालयको नाममा प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैंचा उपलब्ध गराउन आग्रह गरिएको छ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो।

प्रतिक्रिया